Political Hightlights

संचार माध्यमले हिंसालाई प्रश्रय दिने काम गरेः मन्त्री बाँस्कोटा

हिमालय टिभी
२०७६ असार ३० गते १२:१४
संचार माध्यमले हिंसालाई प्रश्रय दिने काम गरेः मन्त्री बाँस्कोटा

काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले संचार माध्यमबाट हिंसालाई प्रश्रय दिने काम भैरहेको भन्दै आपत्ति जनाउनुभएको छ ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिले संचार उद्यमीसँग गरेको छलफलमा मन्त्री बाँस्कोटाले संचार माध्यमको भूमिकामाथि प्रश्न उठाउनुभयो ।

विप्लव समूहप्रति लक्षित गर्दै मन्त्री बाँस्कोटाले आतंकवादलाई हेर्ने संचार माध्यमको दृष्टिकोण के हो भनेर संचार उद्यमीलाई प्रश्न गर्नुभयो ।

यसअघि मन्त्री बाँस्कोटाले प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि विप्लवलाई हेर्ने दृष्टिकोण के हो भनेर सोध्नुभएको थियो । संचार उद्यमीसँग मन्त्री बाँस्कोटाले संचार माध्यममा विदेशी लगानी स्वीकार गर्न नसकिने प्रष्ट पार्दै एउटै संचार माध्यमलाई रेडियो, टिभी र एफएम चलाउन नदिने बताउनुभयो ।

मन्त्री बाँस्कोटाले श्रमजीवि पत्रकारलाई न्यूनतम पारिश्रमिक नदिने संचार माध्यमलाई कार्वाही हुने पनि चेतावनी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्