समाज

बाढी, पहिरो र डुवानको विषय संसदमा प्रवेश

हिमालय टिभी
२०७६ असार ३० गते ७:४७
बाढी, पहिरो र डुवानको विषय संसदमा प्रवेश

काठमाडौं । बाढी, पहिरो र डुवानको विषय आज संसदमा प्रवेश गरेको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेस र राजपा नेपालले प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन् ।

कांग्रेस सांसद मिनेन्द्र रिजाल र पुष्पा भुसाल तथा राजपाका सांसद राजकिशोर यादवले संसदमा बाढी, पहिरो र डुवानबारे छलफल गर्न माग गर्दै जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुभएको छ ।

उहाँहरुले प्रस्तावमा पूर्व निर्धारित कार्यक्रम स्थगित गर्न माग गर्नुभएको छ । उद्धार तथा राहतबारे सरकारसँग जानकारी लिने, सांसदहरुला उद्धार, राहत र पुनःस्थापनामा संलग्न गराउनुपर्ने प्रस्तावमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्