समाज

बाढी र पहिरोका कारण १३ जिल्लाका सडक अवरुद्ध

हिमालय टिभी
२०७६ असार ३० गते ७:४२
बाढी र पहिरोका कारण १३ जिल्लाका सडक अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछि आएको बाढी र पहिरोले १३ जिल्लाका सडक अवरुद्ध भएका छन् । यसले यात्रुलाई ठाउँ(ठाउँमा सास्ती दिएको छ ।

बाढी र पहिरोले बेनी जोमसोम सडक, बेसीशहर मनाङ सडक, सिद्धिचरण राजमार्ग, शान्ति लोकपथ हेटौडा जाने सडक, सिस्नेरी फर्पिङ जाने सडक अवरुद्ध भएका छन् ।

यस्तै, मध्य पहाडी लोकमार्ग, भोजपुर धनकुटा सडकखण्ड, चपुरबाट गौर जाने सडकखण्ड, जनकपुरबाट जलेश्वर जाने सडक, सुर्खेत-कालिकोट-जुम्ला जोड्ने कर्णाली राजमार्ग र पूर्व पश्चिम राजमार्ग अवरुद्ध रहेको प्रहरीले जनाएको छ ।

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ महालक्ष्मी खोला नजिक पहिरो आएपछि फाखेल हुँदै काठमाडौं आउने सडक एक तर्फी खुलेपनि बिहान ६ बजेर ५० मिनेटपछि पुन अवरुद्ध भएको छ ।

प्रहरीका अनुसार २८ गतेबाट ठप्प भएको मन्थलीबाट काठमाडौं आउने सडकखण्ड भने हिजो साँझदेखि सन्चालनमा आएको छ । यस्तै २८ गतेदेखि नै अरुवद्ध भएको भोजपुर सडकखण्ड पनि हिजोदेखि खुलेको प्रहरीले जनाएको छ ।

बिहान ७ बजेसम्मको विवरण अनुसार अधिकांश सडक २७ गतेबाट बन्द भएका हुन् । बिचमा केही सडक खुलेपनि पानीको बहाव बढेपछि तथा पहिरो झरेपछि पुनः बन्द भएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध भएपछि गन्तव्यका लागि हिडेका यात्रु बाटोमै अलपत्र परेका छन् ।

ब्म्म्

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्