Political Hightlights

बाढी प्रभावित क्षेत्रमा जुट्न कार्यकर्तालाई काँग्रेसको निर्देशन

हिमालय टिभी
२०७६ असार ३० गते ७:४०
बाढी प्रभावित क्षेत्रमा जुट्न कार्यकर्तालाई काँग्रेसको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्ष दल काँग्रेसले राजनीतिक पूर्वाग्रह त्यागेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीका सबै सदस्यलाई निर्देशन दिएको छ ।

सभापति शेरबहादुर देउवाले सोमबार प्रेस विज्ञप्ति जारी गरी पीडामा परेकाहरुको सेवामा समर्पित हुन कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको हो ।

विपदको समय आन्तरिक राजनीतिक विषय हुन् या राष्ट्रिय राजनीतिका सबै खाले आग्रह/पूर्वाग्रहभन्दा माथि सेवामा समर्पित हुनु सबैको कर्तव्य भएको सभापति देउवाको भनाई छ ।

यसबाहेक काँग्रेसले प्रभावित क्षेत्रमा उद्धार र राहतमा सरकारले गरेको कामको पनि अनुगमन गर्ने भएको छ । कांग्रेसले अविरल वर्षा र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरुको आत्माको चीर शान्तिको कामना गरेको छ ।

यसअघि सत्तारुढ नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले विज्ञप्ती निकालेर बाढी पहिरो प्रभावितको उद्धार तथा राहतमा जुट्न पार्टीपंक्तिलाई निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्