समाज

नेपाली श्रमिकको हितविपरीत कुनै पनि देशसँग सम्झौता गरिन्नँः मन्त्री विष्ट

हिमालय टिभी
२०७६ असार २९ गते १२:५१
नेपाली श्रमिकको हितविपरीत कुनै पनि देशसँग सम्झौता गरिन्नँः मन्त्री विष्ट

काठमाडौं । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले नेपाली श्रमिकको हितविपरीत कुनै पनि देशसँग श्रम सम्झौता नगरिने बताउनुभएको छ ।

विदेशबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका मध्ये उत्कृष्टलाई मन्त्रालयमै सम्मान गर्दै मन्त्री विष्टले स्वदेशमै विदेशको झैं कमार्इ गर्न सकिने वातावरण बनेको दावीसमेत गर्नुभयो ।

कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्केर स्वदेशमै उद्यम गरिरहेका सात जना उत्कृष्ट उद्यमीलाई नगदसहित पुरस्कृत गरियो ।

दुबईबाट फर्केका नवराज पौड्याललाई १ लाख, यूएईबाट फर्केका नीरबहादुर राउत, मलेसियाबाट फर्केका एकबहादुर सिन्तान, यूएईबाट फर्केकी शर्मिला अधिकारी, दक्षिण कोरियाबाट फर्केका मनोजकुमार भारती, त्रिलोक पनेरु र दीपक चापागाईंलाई ५० हजार रुपैयाँ प्रदान गरियो ।

उनीहरुमध्ये केहीले तरकारी, केहीले पशुपालन र केहीले अन्य उद्दम गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्