समाज

कुवेतमा भएको आगलागीमा दुई महिलासहित तीन नेपालीको मृत्यु

हिमालय टिभी
२०७६ असार २९ गते ११:१९
कुवेतमा भएको आगलागीमा दुई महिलासहित तीन नेपालीको मृत्यु

काठमाडौं । देशमा बाढी र पहिरोले मानवीय क्षतिको विवरण आइरहेका बेला कुवेतबाट पनि दुखद् खबर प्राप्त भएको छ ।

कुवेतको आप्रवासी कामदार बस्ने एक अपार्टमेन्टमा आगलागी हुँदा २ महिलासहित तीन जना नेपालीको मृत्यु भएको छ । घटना हिजो बिहान भएको हो ।

कुवेतस्थित नेपाली दूतावासका द्वितीय सचिव ज्ञानबहादुर मगरका अनुसार सर्लाहीका विजय बैठा, अप्सरा कामी र गौरी दर्जीको मृत्यु भएको छ । मृतक दुई महिलाको ठेगाना अझै खुलेको छैन ।

उनीहरु गैह्रकानूनी रुपमा कुवेतमा बसोबास गरिरहेको दूतावासले जनाएको छ । मृतक तीनै जनाको शव फर्वानिया अस्पतालमा राखिएको छ ।

आगलागीमा एक जना घाइते भएको र आइसीयूमा रहेकाले कुन देशको भन्ने पत्ता लागिनसकेको द्वितीय सचिव मगरको भनाइ छ । अपार्टमेन्टमा ग्यास लिकेज भएर आगलागी भएको आशंका गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्