खेलकूद

परिषदको सर्त पालना नगर्ने संघसंस्था विघटनको तयारी

हिमालय टिभी
२०७६ असार २९ गते ९:२४
परिषदको सर्त पालना नगर्ने संघसंस्था विघटनको तयारी

काठमाडौं । सरकारले राष्ट्रिय खेलकुद परिषदका सर्त नमान्ने खेलसँग सम्बन्धित संघ, संस्था विघटनको व्यवस्था गर्ने तयारी गरेको छ ।

खेलकुदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विधायन व्यवस्थापन समितिमा भएको छलफलमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले राष्ट्रिय–अन्तराष्ट्रिय अभ्यास र सर्वोच्च अदालतको फैसला अनुसार नै अब बन्ने कानुनमा यस्तो व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

विधेयकमा खेलकुद संघ जिल्ला प्रशासन कार्यालयमा दर्ता हुने र राष्ट्रिय खेलुकद परिषदमा अनिवार्य आवद्ध हुनुपर्ने पनि प्रस्ताव छ ।

बैठकमा समिति सदस्यले खेल संस्थाहरु समाज कल्याण परिषद, र अन्य गैर सरकारी संस्थासँग पनि आवद्ध हुन पाउनुपर्ने माग गरेका छन् । उनीहरुले खेलकुद पदाधिकारी चयन गर्दा खेलकुद क्षेत्रमा आवद्ध व्यक्तिलाई नै समावेश गर्न पनि सरकारलाई सचेत गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्