Political Hightlights

पार्टीको नयाँ नियमावलीप्रति काँग्रेस केन्द्रीय सदस्यहरुको आपत्ति

हिमालय टिभी
२०७६ असार २९ गते ९:२०
पार्टीको नयाँ नियमावलीप्रति काँग्रेस केन्द्रीय सदस्यहरुको आपत्ति

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले भातृ संगठनलाई नियन्त्रणमा राख्ने गरी नियमावली बनाउन लागिएको भन्दै आपत्ति जनाएका छन् ।

केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा केन्द्रीय सदस्यहरुले भातृ संगठनलाई नियन्त्रणमा राख्ने गरी नियमावलीमा प्रस्ताव आएको भन्दै आपत्ति जनाएका हुन् ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार नियमावली संशोधन मस्यौदा समितिले पेश गरेको प्रतिवेदनमाथिको छलफलमा मात्रै बैठक केन्द्रित छ र यसको टुंगो लागेपछि मात्रै अन्य १३ वटा एजेन्डामा छलफल हुनेछ ।

असार २२ देखि सुरु बैठकमा पार्टीको लेवी, पार्टीको सदस्यता नवीकरण तथा वितरण, राष्ट्रिय जागरण अभियानको पहिलो चरणको समीक्षा, अनुशासन समिति, नीति तथा प्रतिष्ठान समितिको कार्यप्रगति विवरणसहित समसामयिक परिस्थितिबारे पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्