आज पनि देशका विभिन्न भागमा वर्षा जारी

हिमालय टिभी
२०७६ असार २९ गते ७:४४
आज पनि देशका विभिन्न भागमा वर्षा जारी

काठमाडौं । आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने जल तथा मौसम विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्व र मध्य क्षेत्रका केही स्थान र पश्चिमका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मनसुन न्यून चापीय रेखा मध्य र पूर्वी नेपालको तराई भूभागमा र पश्चिमी नेपालको पहाडी भूभाग नजिक रहेको महाशाखाले जनाएको छ ।

यसको साथै मध्य र पूर्वी नेपाल नजिक एउटा न्यून चापीय क्षेत्र कमजोर अवस्थामा रहेको छ। यि प्रणाणीहरूका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुँदै जाने मौसमविद मीनकुमार अर्यालले जानकारी दिनुभयो

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *