समाज

भारतले बाँधका ढोका नखोल्दा तराईमा डुबान

हिमालय टिभी
२०७६ असार २८ गते १०:२६
भारतले बाँधका ढोका नखोल्दा तराईमा डुबान

काठमाडौं । भारतले सीमा बाँधका ढोका खोल्न ढिलाइ गरेका कारण तराईका विभिन्न जिल्लामा डुबानको समस्या देखिएको सरकारले जनाएको छ ।

आज बसेको केन्द्रीय विपद् व्यवस्थापन कार्यसमितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गृहसचिव प्रेम कुमार राईले परराष्ट्र मन्त्रालयबाट कुटनीतिक पहल गरेपछि अहिले भारतीय सिमानाकाको बाँधका ढोका खोलिएकाले रौतहटको गौरमा पानीको सहत कम हुँदै गएको जानकारी दिनुभयो ।

भारततर्फ बाँधिएको बाँधको ढोका नखोलिएकाले र बागमतिको बाँध नाघेर पानीको सतहमाथि आएकाले सर्लाहीमा डुबान भएको सरकारको निष्कर्ष छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *