समाज

बाढी र डुवानका कारण मोरङमा मात्र दुई हजार विस्थापित

हिमालय टिभी
२०७६ असार २८ गते ७:४२
बाढी र डुवानका कारण मोरङमा मात्र दुई हजार विस्थापित

मोरङ । अविरल वर्षापछि आएको बाढी र डुवानका कारण मोरङमा बिस्थापित हुनेको संख्या २ हजार पुगेको छ ।

मोरङका खोलामा आएको बाढी र डुवानका कारण ४ सय ७६ परिवारका २ हजार जना विस्थापित भएका हुन् । विस्थापित हुने धेरै विराटनगर महानगरभित्रका बासिन्दा छन् । महानगरमा मात्रै १ हजार ४ सय १३ जना बिस्थापित भएका छन् ।

कटहरी, बुढीगंगा, जहदामा बाढी र डुवानका कारण ५ सय ९७ जना विस्थापित भएका छन् । कटहरी गाउँपालिका ४ नयाँ बजार सुकुम्बासी बस्तीका १ सय २५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलाको बाँध फुटेर बस्तीमा पस्दा जहदा गाउँपालिका १ धुनिटोलका ४० परिवार विस्थापित भएका छन् ।

डंग्राह खदम खोला बस्तीमा पस्दा बुढीगंगा ७ मा १६ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

विस्थापित भएकाहरु विद्यालय, आफन्त तथा सुरक्षित स्थानमा त्रिपाल टाँगेर बसेका छन् । बाढीका कारण मोरङको कानेपोखी गाउँपालिका –२ गेउरिया खोलाले एक जनालाई बगाएको छ । उनको परिचय खुलेको छैन । विस्थापित भएकालाई सम्बन्धित स्थानीय तहको विदप व्यवस्थापन समितिले सहयोग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्