समाज

बाढी र पहिरोका कारण देशभर २१ जनाको मृत्यु, १० घाइते, १० जना बेपत्ता

हिमालय टिभी
२०७६ असार २८ गते ७:३१
बाढी र पहिरोका कारण देशभर २१ जनाको मृत्यु, १० घाइते, १० जना बेपत्ता

काठमाडौं बिहीबारदेखि परेको पानीका कारण अहिलेसम्म देशभार २१ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार १० जना घाइते भएका छन् भने १० जना बेपत्ता भएका छन् ।

अहिलेसम्म काठमाडौं र खोटाङमा तीन–तीन जनाको मृत्यु भएको छ । भोजपुर, काभ्रे, र ललितपुरमा दुई दुई जनाले ज्यान गुमाएका छन् । त्यस्तै इलाम, झापा, ओखलढुंगा, पर्सा, बारा, रामेछाप, सिन्धुली, मकवानपुर र धादिङमा एक एक जनाको मृत्यु भएको छ ।

न्यूनचापीय रेखा नेपाल प्रवेश गरेकाले आज पनि देशभर वर्षा भइरहेको छ । न्यूनचापीय रेखा र न्यूनचापीय क्षेत्रसँगै रहेकाले देशभर वर्षा भइरहेको जल तथा मौसम अनुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो ।

आगामी दुई दिन देशभर मनसुन अति सक्रिय हुनेछ, जसले गर्दा बाढी, पहिरोको उच्च जोखिम रहेकाले सतर्कता उपनाउनुपर्ने उहाँले बताउनुभयो । आज देशभर नै जोखिम रहेकाले नदी तथा तटीय क्षेत्रमा हुनेहरू सुरक्षित स्थानमा सर्न मौसमविद्को आग्रह छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्