समाज

सर्लाहीमा मारिएका महतोको परिवारलाई दश लाख

हिमालय टिभी
२०७६ असार २६ गते ११:०२
सर्लाहीमा मारिएका महतोको परिवारलाई दश लाख

काठमाडौं । सरकारले प्रहरीको गोली लागेर मारिएका सर्लाहीका सत्यनारायण महतोका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद बैठकले मृतकका परिवारलाई राहत र घाइतेको उपचार खर्च बेहोर्ने निर्णय गरेको सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।

असार १५ गते सर्लाहीको ईश्वरपुरमा खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको विषयलाई लिएर भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा महतोको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले एघार स्थानीय तहलाई परियोजनाका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको पनि जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्