राजनीति

सरकारलाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

हिमालय टिभी
२०७६ असार २६ गते ७:५५
सरकारलाई पूर्वप्रधानमन्त्री भट्टराईको सुझाव

काठमाडौं । पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले ठूला बनेर मात्रै विकास नहुने भन्दै नागरिकका सामान्य समस्यामा ध्यान दिन सरकारलाई सुझाव दिनुभएको छ ।

सर्वनाम थिएटरमा चलिरहेको नाटक ‘विकास भर्सेस निकास’ हेरेपछि पत्रकारसित पूर्व प्रधानमन्त्री भट्टराईले नागरिक र देशले भोगेका ससाना समस्यालाई पनि प्राथमिकता राख्नुपर्ने बताउनुभयो ।

डाक्टर भट्टराईले नाटकले नेपाली समाजको बेथिति विसंगति र राजनीतिको यथार्थलाई जस्ताको तस्तै प्रस्तुत गरेको प्रतिक्रिया दिनुभयो । नाटक ‘विकास भर्सेस निकास असार २८ गतेसम्म सर्वनाम थिएटरमा चल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्