समाज

अवैध विदेशी मुद्रासहित विमानस्थलबाट एक जना पक्राउ

हिमालय टिभी
२०७६ असार २४ गते १०:५०
अवैध विदेशी मुद्रासहित विमानस्थलबाट एक जना पक्राउ

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयले अवैध विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौंबाट हङकङ जान लागेका मोरङको सुन्दरहरैँचाका ३९ वर्षीय पासाङ याल्मो तामाङ छन् । झोला चेकजाँच गर्दा अमेरिकी डलर २९ हजार ९ सय ५० र हङकङ डलर ३ सय ७० बरामद भएको थियो ।

अवैध रुपमा रकम लुकाएर लान लागेको प्रहरी दावी छ । नेपाल एयरलाइन्सको विमानबाट हङकङ जान लागेका उनको ब्याग चेक गर्दा उक्त रकम भेटिएको विमानस्थलका प्रहरी उपरीक्षक सन्दिप भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्