समाज

सरकारी कार्यालयहरुमा शिशु स्याहार केन्द्र व्यवस्था गर्न माग

हिमालय टिभी
२०७६ असार २४ गते ८:३९
सरकारी कार्यालयहरुमा शिशु स्याहार केन्द्र व्यवस्था गर्न माग

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली नेपाली कांग्रेसले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्रको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले शिशु स्याहार केन्द्रको माग गर्नुभएको हो ।

सरकारी सेवामा काम गर्ने महिला कर्मचारीको पीडालाई सम्बोधन गर्न पनि सरकारले सबै सरकारी कार्यालयमा शिशु स्याहार केन्द्र स्थापनामा ढिलाई गर्न नहुने बताउनुभयो ।

सत्तारुढ नेकपाका सांसद झपट रावलले कर्मचारीको सेवा र सुविधा उपलब्ध गराउने समितिमा नेतृत्व कर्मचारी संगठनलाई दिने व्यवस्था नगर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । सांसद रावलले कर्मचारीहरुलाई अझै जवाफदेही बनाउने गरी कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गर्नु भयो ।

विधेयकमा कर्मचारीको सेवा, सुविधा उपलब्ध गराउने व्यवस्था गर्न समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्