समाज

तरकारी तथा फलफूलको विषादी जाँचबारे मन्त्रिपरिषदमा छलफल, कुनै निर्णय भएन

हिमालय टिभी
२०७६ असार २४ गते ७:३९
तरकारी तथा फलफूलको विषादी जाँचबारे मन्त्रिपरिषदमा छलफल, कुनै निर्णय भएन

काठमाडौं । भारतसहित तेस्रो मुलुकबाट आयत हुने तरकारी र फलफुलको विषादी परीक्षण तत्कालका लागि रोक्ने असार १९ गतेको निर्णयबारे आज पनि मन्त्रिपरिषदमा छलफल भएका छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा आज बसेको बैठकमा तरकारीको विषादी जाँच प्रकरणबारे छलफल भएको सञ्चार मन्त्री गोकुल बाँस्कोटाले बताउनुभयो ।

उहाँले विषादी परीक्षण जनताको स्वास्थ्यसँग जोडिएकाले सरकार सचेत रहेको बताउनुभयो । उहाँले विषादी जाँच प्रकरण सम्बन्धी निर्णयमा सरकारको कमजोरी रहेको स्वीकार गर्नुभयो । तर, पत्रकारहरुले सोधेको विषयमा भने मन्त्री बाँस्कोटाले सिधासिधा जवाफ दिनुभएन ।

यसबाहेक बैठकले भ्रष्टाचार निवारण सम्बन्धी विधेयक र अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धी विधेयक स्वीकृत गरेको छ । श्रीलंकाका लागि नेपाली राजदूत प्रा. डा. विश्वम्भर प्याकुरेलले दिएको राजीनामा स्वीकृत गरेको छ ।

सोमबार दिउँसो मन्त्रिपरिषद्को नियमित बैठक थियो । लगत्तै आज बैठक बोलाएपछि चासोसाथ हेरिएको थियो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव भने मन्त्रिपरिषदको बैठकबाट बिचमै बाहिरिनु भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्