सुनुवाई समितिबाट चारै राजदूतको नाम अनुमोदित

हिमालय टिभी
२०७६ असार २३ गते १३:१८
सुनुवाई समितिबाट चारै राजदूतको नाम अनुमोदित

काठमाडौं । संसदीय सुनुवाई समितिले चार देशका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गरेको छ ।

समितिको आजको बैठकले अष्ट्रेलियाका लागि महेशराज दाहाल, बंगलादेशका लागि डा. वंशीधर मिश्र, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पाको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।

समितिले नाम अनुमोदन गरेपछि उहाँहरुलाई राजदूत नियुक्त हुन बाटो खुलेको छ । उहाँहरुलाई गत जेठ २३ गते सरकारले राजदूतमा प्रस्ताव गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *