आर्थिक

राष्ट्रियसभाबाट बजेट बहुमतका आधारमा पारित

हिमालय टिभी
२०७६ असार २३ गते ११:०५
राष्ट्रियसभाबाट बजेट बहुमतका आधारमा पारित

काठमाडौं । राष्ट्रियसभाको बैठकले आगामी आर्थिक वर्षको आयव्यय समेटिएको विनियोजन विधेयक बहुमतले पारित गरेको छ ।

सरकारले प्रस्तुत गरेको बजेटसम्बन्धि विनियोजन विधेयकलाई मूल विधेयक मान्ने गरिन्छ । यो विधेयक पारित भएपछि सरकारलाई बजेट खर्च गर्ने बाटो खुल्छ ।

संसदमा बजेट प्रस्तुत भएलगत्तै विपक्षी दलका सांसदले खर्च कटौतीको प्रस्ताव राखेका थिए । आजको बैठकमा खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले अस्वीकृत गरेपछि विनियोजन विधेयक पारित भएको थियो ।

यससँगै सरकारले संसदमा पेश गरेको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक ऋण तथा जमानतसम्बन्धि आश्रित विधेयकहरु पारित भएपछि बजेट पूर्णरुपमा पारित भएको मनिन्छ ।

राष्ट्रियसभाले भोलिको बैठकमा बाँकी आश्रित विधेयक पारित गर्ने कार्यसूची रहेको छ । सरकारले गएको जेठ १५ गते आगामी आर्थिक वर्ष २०७६/२०७७ को बजेट प्रस्तुत गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *