समाज

डाइभर्सन बगाएपछि यातायात अवरुद्ध

हिमालय टिभी
२०७६ असार २३ गते ११:०१
डाइभर्सन बगाएपछि यातायात अवरुद्ध

पोखरा । पृथ्वीराजमार्ग अन्तरगत पोखराको विजयपुर खोलामा वाढीले डाइभर्सन बगाएपछि यातायात सेवा प्रभावित भएको छ ।

पोखराको वडा नं १४ र २६ जोड्ने यो पक्कीपुलमा समस्या आएपछि डाइभर्सन बनाइएको थियो । ह्युम पाइप बगाएपछि हिजो बेलुकादेखि मालवाहक सवारीसाधन वारपार गर्न पाएका छैनन् ।

पुलले दश टनभन्दा बढीको भार क्षमता धान्न नसक्ने भएपछि मालवाहक गाडीका लागि डाइभर्सन निर्माण गरिएको थियो । गएराति आएको वाढीले डाइभर्सन भत्काएपछि पोखरा भित्रिने र बाहिरित मालवाहक गाडी राजमार्गमै अलपत्र अवस्थामा छन् ।

गत माघमा नियमित मर्मत सम्भारका क्रममा पुलको सपोर्टमा रहेका फलाम ठाउँठाउँमा चर्केको पाइएको थियो । त्यसपछि मालबाहक गाडी सञ्चालनमा रोक लगाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्