समाज

पारमाणविक भट्टी केन्द्र संचालन गर्ने अनूमति निजी क्षेत्रलाई नदिन विज्ञहरुको सुझाव

हिमालय टिभी
२०७६ असार २३ गते १०:१७
पारमाणविक भट्टी केन्द्र संचालन गर्ने अनूमति निजी क्षेत्रलाई नदिन विज्ञहरुको सुझाव

काठमाडौं । विज्ञहरुले पारमाणविक भट्टी केन्द्र संचालन गर्ने अनूमति निजी क्षेत्रलाई नदिन सरकारलाई सचेत गराएका छन ।

शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘पारमाणविक तथा रेडियाधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोगको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा विज्ञहरुले ठूल्ठूला युद्धमा प्रयोग हुने पारमाणविक भट्टीको अधिकार सरकारमा मात्रै निहीत हुनुपर्ने प्रष्ट पारे ।

बैठकमा प्राध्यापक सुरेन्द्रप्रसाद पण्डितले भारत र चीनजस्ता दुई ठूला छिमेकी मुलुकको बीचमा रहेको नेपालका लागि पारमाणविक भट्टी स्थापना र संचालन संवेदनशील विषय भएकाले गम्भिर भएर सोच्न सरकारलाई आग्रह गर्नु भयो ।

चिकित्सक शान्तलाल श्रेष्ठले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगका लागि ल्याइएको विधेयक सही भएपनि पारमाणविक भट्टी स्थापना गर्ने सम्बन्धमा विधेयकमा समावेश गरिएको प्रावधान भने उचित नभएको बताउनु भयो । उहाँले पारमाणविक भट्टी स्थापना गर्न निजी क्षेत्रलाई दिने विधेयकको प्रावधान मान्य नहुने पनि स्पष्ट पार्नु भयो ।

विधेयकमा पारमाणविक भट्टी निजी क्षेत्रले पनि संचालन गर्न सक्ने प्रावधान राखिएको छ । त्यसप्रति विज्ञहरुको आपत्ति छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्