समाज

मक्कामदिना हज जाने नेपालीको कोटा बढ्यो

हिमालय टिभी
२०७६ असार २३ गते १०:१४
मक्कामदिना हज जाने नेपालीको कोटा बढ्यो

काठमाडौं । साउदी अरेवियाले मक्कामदिनामा हज गर्न जाने नेपालीहरुको कोटा बढाएको छ । साउदी सरकारले यो वर्ष तीन सय कोटा बढाएर हाजीको कोटा १५ सय पुर्‍याएको छ ।

नेपाल हज समितिका अध्यक्ष शमसेर मियाँका अनुसार मुस्लिम संख्याको गणना अनुसार हजको कोटा कम भएको भन्दै नेपाल सरकारले बारम्बार गरेको पहलको आधारमा साउदी सरकारले हाजीको कोटा १२ सयबाट बढाएर १५ सय पुर्‍याएको हो ।

कोटा बढाएसँगै साउदी सरकारले थपिएका तीन सय हाजीकै व्यावस्थापकीय रकम एकैपटक बुझाउन शर्त राखेको छ । कोटा बढाएसँगै केही चुनौति थपिएको हज समितिको भनाइ छ ।

यो वर्ष हजका लागि नेपालबाट अहिलेसम्म १२ सय हाजी छनौट भैसकेका छन् । हजका लागि प्रत्येक हाजीबाट २ लाख ३० रुपैयाँ लिइएको समितिले जनाएको छ । हज वर्षेनी हुने इस्लाम तीर्थ यात्रीको मक्कासम्मको यात्रा हो । हज विश्वको सबैभन्दा ठूलो धार्मिक भेला मानिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्