समाज

सिरिञ्ज आक्रमणकारीमाथि कारबाही माग गर्दै बनेपामा तनाव

हिमालय टिभी
२०७६ असार २३ गते १०:१२
सिरिञ्ज आक्रमणकारीमाथि कारबाही माग गर्दै बनेपामा तनाव

काठमाडौं । काभ्रेमा ‘सिरिन्ज आक्रमण’ लाई लिएर तनाव भएको छ । आक्रमणकारीलाई कारवाहीको माग गर्दै स्थानीयले प्रहरी चौकी समेत घेराउ गरेका छन् ।

दुई महिलाले आज विहान आफूमाथि सिरिन्ज आक्रमण भएको बताएका थिए । आक्रमणकारी भन्दै स्थानीयको एक समूहले स्याङ्जाका खगेन्द्रप्रसाद पाठकलाई चारदोबाटोस्थित बसपार्कबाट नियन्त्रणमा लिए ।

स्थानीयले नियन्त्रणमा लिएर पाठकलाई कुटपिट गर्न थालेपछि प्रहरीले उद्धार गरेर चौकी लगेको थियो । जिल्ला प्रहरी कार्यालय, काभ्रेका प्रमुख जयराज सापकोटाले पीडितको वयानका आधारमा अनुसन्धान अघि बढाइएको बताउनुभयो ।

पीडित महिलाको शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको छ । अहिले बनेपास्थित इलाका प्रहरी कार्यालयमा राखिएका पाठकले आफूले सिरिन्ज आक्रमण नगरेको बताउनुभएको छ । स्थानीयले कारवाहीको माग गर्दै इलाका प्रहरी कार्यालय घेराउ गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्