सरकारले नै नाकाबन्दी लगाएजस्तो देखिएकाले विषादी परीक्षण स्थगितः मन्त्री यादव

हिमालय टिभी
२०७६ असार २३ गते ८:०९
सरकारले नै नाकाबन्दी लगाएजस्तो देखिएकाले विषादी परीक्षण स्थगितः मन्त्री यादव

काठमाडौं । सरकार आफैले नाकाबन्दी गराएजस्तो देखिन थालेपछि भारतबाट आयात हुने तरकारी र फलफूलको विषादी परीक्षणको काम तत्कालका लागि रोकिएको बताएको छ ।

राष्ट्रियसभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजारमा तरकारी र फलफूल अभाव हुन नदिन सरकारले बाध्य भएर यस्तो निर्णय गरेको बताउनुभयो ।

मन्त्री यादवले भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण गर्ने पूर्ववत निर्णय स्थगित गर्ने सरकारको निर्णयको आलोचना गर्ने सांसदहरुको नियतमाथि उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीले गंभीर प्रश्न उठाउनु भयो ।

यसबाहेक मन्त्री यादवले विदेशीसँग झुक्ने वानी भएकाले यस्तो प्रश्न उठाएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *