Political Hightlights

संसदीय सुनुवाइ समितिमा प्रधानमन्त्री नआए काँग्रेसले बहिस्कार गर्ने

हिमालय टिभी
२०७६ असार २३ गते ८:०५
संसदीय सुनुवाइ समितिमा प्रधानमन्त्री नआए काँग्रेसले बहिस्कार गर्ने

काठमाडौं । प्रमुख विपक्षी दल काँग्रेसले संसदीय सुनुवार्इ समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाउन माग गरेको छ । अबको बैठकमा प्रधानमन्त्री नआए बैठक बहिस्कार गर्ने काँग्रेसले चेतावनी दिएको छ ।

संसदीय सुनुवाइ समितिको आजको बैठकमा कांग्रेसका सांसद भीमसेनदास प्रधानले संवैधानिक निकायमा सिफारिस गरेका व्यक्ति बारम्बार विवादमा तानिँदा संवैधानिक परिषदको भूमिकामाथिनै प्रश्न उठेकाले प्रधानमन्त्रीलाइ बोलाएर छलफल गर्न माग गर्नुभयो । प्रधानमन्त्री नआए अर्को बैठकमा काँग्रेस सहभागी नहुने उहाँको भनाई थियो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले संवैधानिक निकायका पदाधिकारी र राजदूतको सिफारिस गर्ने संवैधानिक व्यवस्था छ । यसैलाई आधार बनाएर काँग्रेसले सुनुवाइ समितिको बैठकमा प्रधानमन्त्रीलाई बोलाउन माग गरेको हो ।

तर, चार देशका लागि प्रस्तावित चार राजदूतको संसदीय सुनुवाइका लागि डाकिएको बैठकमा कांग्रेसले प्रधानमन्त्री बोलाउन माग गरेपछि सत्तारुढ नेकपा सांसदले भने प्रधानमन्त्रीलाई बोलाउन आवश्यक नहुने बताएका थिए ।

त्यसैबीच बैठकको पहिलो चरणमा बंगलादेशका लागि प्रस्तावित राजदूत डा। वंशीधर मिश्रको सुनुवाइ सकिएको छ । समितिले बाँकी रहेका अन्य तीन जनाको सुनुवाई अपरान्ह ३ बजे बस्ने अर्को बैठकमा गर्ने जनाएको छ ।

जस अनुसार अष्ट्रेलियाका लागि महेशराज दाहाल, कतारका लागि नारदनाथ भारद्वाज र स्पेनका लागि दावाफुटी शेर्पाको सुनुवाई बाँकी रहेको छ । सबै जनाको सुनुवाईपछि समितिले अनुमोदन गर्ने वा नगर्ने निर्णय सुनाउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्