कानून कार्यान्वयन गर्ने प्रहरी आफै पवित्र हुनुपर्छः महानिरीक्षक खनाल

हिमालय टिभी
२०७६ असार २३ गते ७:५६
कानून कार्यान्वयन गर्ने प्रहरी आफै पवित्र हुनुपर्छः महानिरीक्षक खनाल

काठमाडौं । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अरुलाई कानूनको दायरामा ल्याउने प्रहरी आफैमा पवित्र बन्नुपर्ने बताउनुभएको छ ।

तनहुँको भानु नगरपालिका टुहुरे पसलमा प्रहरी चौकी भवन शिलान्यास गर्दै महानिरीक्षक खनालले जनताको माया र सद्भाव पाउन प्रहरीले आफ्नो व्यवहार परिवर्तन गर्नुपर्ने बताउनुभयो ।

प्रहरीले इमानदार भएर काम गरे मात्रै नेपाल सरकारले अगाडि सारेको कार्यक्रमले सार्थकता पाउने महानिरीक्षक खनालको भनाइ थियो । १ वर्षमा भवन निर्माण पुरा गर्ने लक्ष्य राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *