प्रदेश १

विद्यार्थीहरुले गरे विश्वविद्यालय तोडफोड

हिमालय टिभी
२०७६ असार २२ गते १३:०३
विद्यार्थीहरुले गरे विश्वविद्यालय तोडफोड

मोरङ । पूर्वाञ्चल विश्व विद्यालयको विराटनगरस्थित केन्द्रीय कार्यालय र सेवा आयोगको कार्यालयमा विद्यार्थीले तोडफोड गरेका छन् ।

सत्तारुढ दल निकट विधार्थी संगठन अनेरास्ववियु,अखिल क्रान्तिकारी, संघीय विद्यार्थी फोरम नेपाल, राष्ट्रिय विद्यार्थी संघ र नयाँ शक्ति विद्यार्थी युनियनले संयुक्त रुपमा दुवै कार्यालयमा तोडफोड गरेका हुन् ।

विश्व विद्यालयले गरेको विज्ञापन तथा परीक्षासम्बन्धी सम्पूर्ण काम तत्काल स्थगन गरी छानविन गर्न माग गर्दै विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका हुन् ।

निश्चित व्यक्तिलाई सेवा प्रवेश गराउने उद्देश्य राखेर गरिएको विज्ञापन खारेज गरेर नयाँ प्रक्रियाबाट मात्र विज्ञापन गर्नुपर्ने विद्यार्थीहरुले माग गरेका छन् ।
यस विषयमा गत शुक्रबार ध्यानाकर्षण गराउँदा पनि कनै सुनवाई नगरिएपछि आन्दोलनमा उत्रनु परेको विद्यार्थी सङ्गठनका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *