Political Hightlights

कम्युनिष्टहरु आन्दोलन गर्न लोकप्रिय, शासन गर्न किन अलोकप्रिय ?

हिमालय टिभी
२०७६ असार २२ गते १२:१४
कम्युनिष्टहरु आन्दोलन गर्न लोकप्रिय, शासन गर्न किन अलोकप्रिय ?

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा कम्युनिष्टहरु आन्दोलन गर्न लोकप्रिय शासन गर्ने सवालमा अलोकप्रिय बन्ने गरेको बताउनुभएको छ ।

नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठन नेपालको एकता महाधिवेशन उदघाटन कार्यक्रममा बोल्दै उहाँले कम्युनिष्टहरु शासन गर्न लोकप्रिय नभएको गुनासो गर्नुभयो ।

कम्युनिष्टहरुले सामूहिक स्वार्थलाई भन्दा गुट स्वार्थलाई प्राथमिकता दिने गरेकाले शासन गर्ने सवालमा कम्युनिष्टहरु अलोकप्रिय बन्ने गरेको स्पष्ट उहाँले गर्नुभयो ।

उहाँले एक महिनाभित्र पार्टी एकताको सबै काम सम्पन्न गरिने भन्दै सम्पूर्ण राजनीतिक प्रतिवेदनमाथिसहमति भइसकेको जानकारीसमेत दिनुभयो ।

उहाँले भन्नुभयो “राजनीतिक प्रतिवेदन नहुँदा पार्टीको विचार, राजनीतिक कार्यदिशा, संगठनात्मक नीति र विधि, कुन नेताले भनेको आधिकारिक लाइन हो र कुन नेताले भनेको होइन भन्ने अन्योलता अन्त्य भएको छ ।’

उहाँले यो राजनीतिक दस्तावेज पार्टीको कसीको रुपमा अगाडि बढ्ने र यसले पार्टी कार्यकर्तामा देखिएको अन्योलता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले दस्तावेज पारित भएसँगै पार्टीको सैद्धान्तिक र संगठनात्मक आधार स्पष्ट हुने बताउनुभयो । आउने महाधिवेशन एकताको महाधिवेशन हुने भन्दै उहाँले उक्त महाधिवेशनमा नेतृत्चको प्रतिस्पर्धा नहुने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्