आर्थिक

ढुवानीमा समस्या आएपछि पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव

हिमालय टिभी
२०७६ असार २२ गते ११:३५
ढुवानीमा समस्या आएपछि पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानीमा समस्या आएपछि दुई दिनदेखि पूर्वी नेपालमा पेट्रोलियम पदार्थ अभाव भएको छ।

नेपाल आयल निगमको प्रदेश–१ कार्यालयले इन्धन वितरण नगर्दा पूर्वी बजारमा पेट्रोलियम पदार्थ अभाव भएको हो । पेट्रोल अभावले मोरङ, सुनसरी, सिरहा, सप्तरी र उदयपुरलगायतका ठाउँमा पेट्रोल पम्प बन्द छन् ।

पूर्वी नेपालमा पेट्रोलियम पदार्थ ढुवानीमा समस्या र आयल निगमले वितरण नगर्दा दुई दिनदेखि इन्धन अभाव भएको अन्नपूर्ण सप्लायर्स विराटनगरका कर्मचारी नेमनारायण चौधरीले जानकारी दिनुभयो ।

ट्या‌ङ्कर चालकहरुले सिमावर्ती क्षेत्र जोगवनीमा भारतीय प्रहरीले विभिन्न बहानमा दुःख दिने गरेको भन्दै तत्काल आईसीपीको बाटो प्रयोग गर्न माग राख्दै ढुवानी रोकेका हुन् । नेपाल आयल निगम प्रदेश कार्यालयका प्रमुख दिनेश यादवले भने सीमामा रोकिएका ट्याङ्कर नेपाल भित्राउने व्यवस्था गरिएकाले चाँडै नै इन्धन वितरण सहज हुने दावी गर्नुभएको छ।

निगमका अनुसार स्थानीय प्रशासनको सहयोगमा सीमावर्ती फारबिसगञ्जको प्रशासनसँग अनुरोध गरेर बिहान ६ देखि ८ र बेलुकी १० देखि १२ बजेसम्म पेट्रोलियम पदार्थका ट्याङ्कर मात्र आउने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *