समाज

आजबाट देशभर मनसुन सक्रिय हुने, पश्चिम नेपालमा बाढीको सम्भावना

हिमालय टिभी
२०७६ असार २२ गते ८:०१
आजबाट देशभर मनसुन सक्रिय हुने, पश्चिम नेपालमा बाढीको सम्भावना

काठमाडौं । लामो समयको प्रतिक्षापछि आजदेखि देशभर मनसुन थप सक्रिय हुने भएको छ ।

मनसुनी न्यूननचापीय रेखा भारतबाट विस्तारै नेपालतर्फ सर्न थालेकाले देशभरको मौसम बदली भएर वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार गएरातिदेखिनै पानी परेपनि आज दिउँसो मध्य र पश्चिमी क्षेत्रको पहाडी भू–भागमा भारी वर्षा हुने सम्भावना छ ।

त्यस्तै राति पूर्वका केही ठाउँमा भारी वर्षाको सम्भावना छ । दिउँसोभन्दा रातमा पानी बढी पर्नेछ । यसपटक मध्य, पूर्व र पाँच नम्बर प्रदेशका केही क्षेत्रमा कम पानी पर्नेछ ।

यसैवीच बाढी पूर्वानुमान विभागले आज देशका पश्चिमी क्षेत्रमा भारी वर्षा हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ ।

विभागले मझौला तथा स–साना नदी तथा उपजलाधार भएका क्षेत्रमा बेलुकीसम्म बहाव उच्च हुने तथा केहीमा आकस्मिक बाढी आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको हो ।

तर तीनदिनसम्म प्रमुख नदीहरु कोसी, गण्डकी र कर्णालीमा बहाब सतर्कता तह तलै रहने पनि विभागले जनाएको छ । विभागले काठमाडौंमा भोलिसम्म बाढीको चेतावनी जारी गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्