समाज

सरकार भूमिसम्बन्धी कानुन एकीकृत गर्ने तयारीमा

हिमालय टिभी
२०७६ असार २२ गते ७:५६
सरकार भूमिसम्बन्धी कानुन एकीकृत गर्ने तयारीमा

काठमाडौं । सरकारले भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न थालेको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री पद्मा अर्यालले गुठी, सुकुम्बासी, बाढी पीडित, अव्यवस्थित बसोबासलगायतका समस्या समाधानका लागि भूमिसँग जोडिएका कानुनहरुलाई एकीकृत गर्न लागिएको जानकारी दिनु भएको हो ।

मन्त्री अर्यालले भूमिहीनहरुको समस्या तत्काल समाधान हुनेगरी सरकारले आफ्नो कामलाई अघि बढाउने प्रतिवद्धता पनि दोहोर्‍याउनु भयो ।

बैठकमा समितिका सदस्यहरूले बाढी पीडितलाई समेत जग्गाको उचित व्यवस्था गर्न नसकेको, कतिपय मुक्त हलिया, कमैयाहरुलाई जग्गाको व्यवस्था गर्न नसकेको भन्दै आपत्ति जनाए ।

उनीहरुले मुक्त कमैयाहरुको तथ्यांक संकलन गरेर उनीहरुलाई जग्गाको उचित व्यवस्था गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्