सात जनाको हत्या आरोपी खाँ सार्वजनिक

हिमालय टिभी
२०७६ असार २२ गते ७:४६
सात जनाको हत्या आरोपी खाँ सार्वजनिक

कपिलवस्तु । मोस्टवान्टेड सूचीमा रहेका कपिलवस्तुको मायादेवी–४ पिपराका नसिम खाँलाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी)ले काठमाडौंका सिनामंगलबाट हिजो पक्राउ गरेका खाँलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो । ७ वटा कर्तव्य ज्यान र एउटा डाँका चोरी घटनामा उनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

खाँले २०६३ जेठ १९ गते कपिलवस्तु फुलिका–३ का धर्मराज बरईको छोरालाई धारिलो हतियार प्रयोग गरी हत्या गरेको, २०६४ फागुन ६ गते कपिलवस्तु मोतीपुरका प्रेम परियार, २०६५ भदौ ३० गते कपिलवस्तु नगरपालिका १० की अकाला कोहार र २०६५ कार्तिक ९ गते पिपरा गाबिसका सचिव राममिलनप्रसाद गुप्तालाई गोली हानी हत्या गरेको मुद्दा चलिरहेको छ ।

यस्तै, २०६७ बैशाख १३ गते कपिलवस्तुको पकडी–६ का राजेन्द्रप्रसाद तिवारी, २०६४ चैत्र ९ गते कपिलवस्तु हथिहवा ३ का शिवपुजन कुर्मी र २०७४ फागुन ३ गते पिपराका ४ वर्षीय बालक मोहम्मद अहेमानको हत्या गरेको समेत प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *