Political Hightlights

सरकारमाथि वैद्य माओवादीको यस्तो आरोप

हिमालय टिभी
२०७६ असार २१ गते ८:३९
सरकारमाथि वैद्य माओवादीको यस्तो आरोप

्काठमाडौं । मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले वर्तमान सरकारका कारण मुलुकको स्वाधिनता खतरामा पर्दै गएको आरोप लगाएको छ ।

सो पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले सरकारले भारतीय हस्तक्षेपको पक्षपोषण गरिरहेको निष्कर्ष निकालेको हो ।

यस्तै सरकारले दलमाथि प्रतिबन्ध लगाउने, मुठभेडका नाममा दलका कार्यकर्ताको हत्या गर्ने तथा अभिव्यक्ति स्वतन्त्रतामा अ‌ंकुश लगाएर फाँसीवादीतर्फ उन्मुख भएको उक्त दलको आरोप छ ।

क्रान्तिकारी माओवादीले विप्लव समुहमाथि लगाइएको प्रतिबन्धको विरोध गर्दै राजनीतिक निकास खोज्नुपर्नेमा जोड दिएको छ । अध्यक्ष मोहन बैद्यद्धारा जारी विज्ञप्तिमा विप्लव समूहको कार्यशैली रहस्यमय रहेको भन्दै सच्चाउन समेत आग्रह गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्