खेलकूद

नेपाल एसीसी अण्डर नाइन्टिन एसिया कप पूर्वी क्षेत्रीय छनोट प्रतियोगिताको सेमिफाइनलमा

हिमालय टिभी
२०७६ असार २० गते ९:२६
नेपाल एसीसी अण्डर नाइन्टिन एसिया कप पूर्वी क्षेत्रीय छनोट प्रतियोगिताको सेमिफाइनलमा

काठमाडौं । नेपाल समूह विजेता बन्दै एसीसी अण्डर नाइन्टिन एसिया कप पूर्वी क्षेत्रीय छनोट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

समूह चरणको अन्तिम खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनले पराजित गरी नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको हो ।

३ सय २७ रनको लक्ष्य पछ्याएको सिंगापुर ३९ दशमलब २ ओभरमा १०९ रन बनाउँदा अलआउट भयो । सिंगापुरलाई कम योगफलमा रोक्न नेपालका कुशल मल्लले सर्वाधिक ४, तिलक राजभण्डारीले २ तथा रसिद खान र सागर ढकालले एकरएक विकेट लिए ।

यसअघि मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा ३ सय २६ रन बनाएको थियो । नेपालका लागि रित गौतम १० चौका र एक छक्काको मद्तमा १ सय १५ रन बनाएर अविजित रहे । खड्गबहादुर बोहराले ९० र कुशल मल्लले ५१ रन बनाए । कप्तान रोहित पौडेल ७ र विशाल विक्रम केसी १ रनमा आउट भए ।

समुहको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गरेको थियो भने सिंगापुरले पनि चीनलाई आठ विकेटले हराएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्