राजनीति

अभिव्यक्ति स्वतन्त्रता खोसिँदैन, सरकारमाथि शंका नगरौं मन्त्री बाँस्कोटा

हिमालय टिभी
२०७६ असार २० गते ८:५५
अभिव्यक्ति स्वतन्त्रता खोसिँदैन, सरकारमाथि शंका नगरौं मन्त्री बाँस्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कसैले पनि खोस्न नसक्ने भन्दै सरकारमाथि शंका नगर्न आग्रह गर्नुभएको छ।

राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक २०७६ अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बाँस्कोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता नियन्त्रण गर्ने सोच र तयारी सरकारको नभएको दावी गर्नुभयो । मन्त्री बाँस्कोटाले सरकारले अराजकता रोक्न खोजेको र त्यसबाट पछि नहट्ने पनि स्पष्ट पार्नुभयो ।

संसद सार्वभौम भएकाले विधि निर्माणको थलो संसदलाई नै बनाउनुपर्ने भन्दै उहाँले छलफल गरेर विधेयकलाई राम्रो बनाउन सकिने बताउनुभयो । उहाँले संसदभित्र छलफल नै नगरी संसद बाहिर विधेयकका बारेमा नकारात्मक प्रचारवाजी गर्नुको अर्थ नरहेको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्