आर्थिक

ग्लोबल आर्ईएमई बैंकमा गाभिने भो जनता बैंक

हिमालय टिभी
२०७६ असार २० गते ८:४१
ग्लोबल आर्ईएमई बैंकमा गाभिने भो जनता बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम ठूला बैंकहरुको मर्जर सुरु भएको छ ।

गभर्नर डा. चिरञ्जीवी नेपालले निर्देशन दिएको एक सातामै ग्लोबल आइएमई बैंक र जनता बैंकबीच मर्जरमा जाने सहमति भएको छ । सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र जनता बैंकका अध्यक्ष केशव रायमाझीले हस्ताक्षर गर्नुभएको छ ।

राष्ट्र बैंकको योजना र अहिलेको आवश्यकतालाई ध्यान दिदै मर्जरमा जाने निर्णय भएको दुई बैंकले जनाएका छन । मर्जरका लागि सेयर स्वामित्वको विषयमा भने निर्णय भइनसकेको बताइएको छ ।

मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर र ग्लोबल आइएमईका कार्यबाहक सीईओ महेश ढकाल डेपुटी सीईओ बन्नुहुनेछ । नाम भने ग्लोबल आइएमई नै राख्ने सहमति भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *