आर्थिक

भारतको आग्रहबारे सरकार अनविज्ञ

हिमालय टिभी
२०७६ असार १९ गते १३:२५
भारतको आग्रहबारे सरकार अनविज्ञ

काठमाडौं । भारतले तरकारी र फलफूलको विषादी परीक्षण नगर्न गरेको आग्रहबारे सरकारले अनविज्ञता प्रकट गरेको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालस्थित भारतीय दूतावासले नेपालको सीमा नाकामा आइपुगेका आफ्नो देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको विषयमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले अनविज्ञता प्रकट गर्नुभएको हो ।

मन्त्री बास्कोटाले तरकारी वा कृषिजन्य वस्तुमा विषादी प्रयोग भए नभएको परीक्षण गर्नु दुवै देशको नागरिकका लागि फाइदाको विषय भएको भन्दै विषाक्त तरकारी ल्याएर नागरिकको स्वास्थ्यमा खेलवाड गर्न नसकिने बताउनुभयो ।

दूतावासले असार १४ गते पठाएको पत्रमा भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पती सुरक्षा महासन्धी अनुसार सीमा नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने जिकिर गरेको छ। नेपालको निर्णयबाट आफ्ना किसान तथा व्यवसायीले ठूलो क्षति बेहोरेको भन्दै भारतले यस्तो काम बन्द गर्न आग्रह समेत गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *