राजनीति

वार्तामा नआए विप्लव समूहलाई ‘सिध्याइदिने’ सरकारको चेतावनी

हिमालय टिभी
२०७६ असार १९ गते १२:२०
वार्तामा नआए विप्लव समूहलाई ‘सिध्याइदिने’ सरकारको चेतावनी

काठमाडौं । सरकारले वार्तामा नआए नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई ‘सिध्याइदिने’ चेतावनी दिएको छ ।

सरकारले औपचारिक निर्णय नगरेपनि नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले विप्लव समूहलाई आतंककारीको संज्ञा दिनुभयो । विभिन्न देशका कम्यूनिष्ट विद्रोहको सन्दर्भ कोट्याउँदै मन्त्री बाँस्कोटाले विप्लव समूहलाई सिध्याइदिने चेतावनी दिनुभयो ।

तर वार्ताका लागि सरकार तयार रहेको भन्दै उहाँले वार्तामा आए रातो कार्पेट ओछ्याउन तयार रहेको बताउनुभयो । विप्लव समूह वार्ताबाट भागिरहेको सरकारको आरोप छ । बन्दूकबाट सत्ता कब्जा गर्ने विप्लव समूहको प्रयास सफल नहुने उहाँको दावी छ ।

विप्लव समूहले प्रहरी दमन भन्दै वक्तव्यबाजी गरेको उहाँको आरोप छ । प्रहरीले पक्राउ गर्न गोली चलाउने क्रममा झुक्किएर दुई ठाउँमा विप्लवका कार्यकर्ता मारिएको उहाँको स्पष्टिकरण छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्