प्रदेशमा समायोजन हुने प्रहरीले बढुवा सुविधा नपाउने

हिमालय टिभी
२०७६ असार १९ गते १०:१४
प्रदेशमा समायोजन हुने प्रहरीले बढुवा सुविधा नपाउने

काठमाडौं । सरकारले संघीय संरचना अनुसार प्रदेशमा समायोजन भएर जाने प्रहरीलाई बढुवा सुविधा नदिने भएको छ ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहसचिव प्रेम राईले समायोजनमा जाने निजामति कर्मचारीको तह वृद्धि गरिएजस्तो व्यवस्था प्रहरीमा गर्न नसकिने बताउनुभयो । उहाँले समायोजनमा लग्दा प्रदेश र संघ प्रहरीबीच विभेद आउने अवस्था आउने, बढुवा गर्दा दायित्व बढ्ने र त्यसमा अर्थमन्त्रालयको पनि सहमति नरहेको बताउनुभयो ।

काजमा खटाउँदा केन्द्रबाट जतिबेला पनि तान्ने परिपाटीका कारण स्थिरता नहुने भएकाले डीएसपीदेखि तलका पद समायोजन र त्योभन्दा माथिका पद प्रदेशकै दरबन्दी भए पनि संघबाट खटाउने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

कानून न्याय तथा संसदीय मन्त्रालयका सह–सचिव धनराज ज्ञवालीले प्रदेश प्रहरीको सिंगो प्रारुप गठन गर्न संभव नभएको बताउनुभयो । प्रदेश प्रहरी संगठन निर्माणका लागि तत्काल समायोजन नै जरुरी रहेको र एसपी, एसएसपी र डीआईजी परिचालन प्रदेशमा तर दरबन्दी केन्द्रमा नै राख्ने गरी व्यवस्था मिलाउनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *