समाज

अर्घाखाँचीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

हिमालय टिभी
२०७६ असार १९ गते ९:३१
अर्घाखाँचीमा भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

अर्घाखाँची । अर्घाखाँचीमा आज भएको जीप दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ५ जना घाइते छन् ।

कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जीप आज ११ बजेतिर दुर्घटना भएको हो । जीप सन्धिखर्क नगरपालिका वडा नम्बर ७ सुपादेउराली नजिकै भिरबाट ३ सय मिटर खसेको प्रहरीले जनाएको छ ।

२ जनाको घटनास्थलमै र एकजनाको उद्धार गरेको केहीवेरमै मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमध्ये जीपका मालिक कृष्णनगर नगरपालिकाको शिवनगर घर भएका ५० वर्षिय सुमन्त भुसालको मात्र सनाखत भएको छ ।

भुसाल आफैले चलाएको जीप दुर्घटना भएको बताइएको छ । घाइतेमध्ये ४ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि बुटवल ल्याउन लगिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्