समाज

‘राष्ट्रिय एकता पुनर्निर्माण गर्ने’ फ्रान्सका प्रधानमन्त्री फिलिपको प्रतिबद्धता

हिमालय टिभी
२०७५ मंसिर २४ गते १४:४८
‘राष्ट्रिय एकता पुनर्निर्माण गर्ने’ फ्रान्सका प्रधानमन्त्री फिलिपको प्रतिबद्धता

पेरिस, २३ मंसिर । फ्रान्सका प्रधानमन्त्री एडवार्ड फिलिपले लगातार चौथो हप्तासम्म पनि हिंसा भड्किएपछि ‘राष्ट्रिय एकता पुनर्निर्माण गर्ने’ प्रतिबद्धता व्यक्त गरेका छन् ।

इन्धनमा कर वृद्धि र र महंगीको विरुद्ध शनिबार पनि पहेंलो टिशर्टधारीहरूले प्रदर्शन जारी राखेपछि भीड नियन्त्रणका लागि प्रहरीले अश्रु ग्यास र रबरको गोली प्रयोग गर्नु परेको थियो ।

झण्डै एक हजार जना प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । यद्यपि अघिल्लो हप्ताहरूमा भन्दा हिंसाको घटनामा कमी अाएको छ ।

प्रधानमन्त्री फिलिपले शान्तिपूर्ण रूपमा अान्दोलन गर्नेहरूसँग वार्ता जारी रहने बताएका छन् । उनले कुनै पनि किसिमको करले राष्ट्रिय एकतामा खलल पुर्‍याउन नहुनेमा जोड दिंदै सबैपक्ष एकसाथ उभिंएर वार्ता र कामको माध्यमबाट ‘राष्ट्रिय एकताको पुनर्निर्माण’ गर्नुपर्ने बताए ।

प्रधानमन्त्री फिलिपले राष्ट्रपति इमानुयल म्याक्रोनले वार्तालाई सकारात्मक दिशा दिन कदम चाल्नेमा अाफू विश्वस्त रहेको पनि बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्