समाज

इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको पहिलो हार

हिमालय टिभी
२०७५ मंसिर २४ गते १४:४६
इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीको पहिलो हार

काठमाडौं, २३ मंसिर । इंग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले पहिलो हार ब्यहोरेको छ ।

गएराति भएको खेलसम्म पराजित रहेको सिटी चेल्सीसंग २–० ले पराजित भएको हो । जितपछि चेल्सी अंक तालिकाको दोस्रो शीर्ष स्थानमा उक्लिएको छ भने सिटी दोस्रो स्थानमा झरेको छ । खेलको ४५ औ मिनेटमा एन्गोलो कान्टको गोलमार्फत अग्रता लिएको चेल्सीको लागि र डेभिड लुइसले ७०औं मिनेटमा थप एक गोल गरेका थिए ।

प्रिमियर लिगअन्तर्गत गएराति नै भएको खेलबाट म्यान्चेसटर युनाइटेडले फुलहामलाई र ४–१ गोलअन्तरले पराजित गरेको छ । युनाइटेडको जितमा एस्ले योङ, उवान माटा, रोमेलु लुकाकु र मार्कोस रासर्फोडलले समान एक गोल गरेका थिए ।

अर्को खेलबाट लिभरपुलले बर्नमथलाई ४–० ले पराजित गरेको छ । लिभरपुलको जितमा मोहम्मद सहाले ह्याट्रिक गरेका थिए । गएराति नै भएको अर्को खेलबाट आर्सनलले हडल्सफिल्डलाई १–० ले पराजित गरेको छ भने टोटेनहाम लेइस्टर सिटीसंग २–० ले पराजित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्