Political Hightlights

भ्रष्टाचार थामिनसक्नु गरी बढेको प्रधानमन्त्रीको भनाइ

हिमालय टिभी
२०७५ मंसिर २३ गते १३:३८
भ्रष्टाचार थामिनसक्नु गरी बढेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा भ्रष्टाचार थामिनसक्नु गरी बढेको बताएका छन् । प्रधानमन्त्री ओलीको यो भनाइले सुशासनलाई समेत प्रमुख कार्यसूचि बनाएको सरकारको काममाथि गंभीर प्रश्न उठेको छ ।

भ्रष्टचारविरुद्धको दिवसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कार्यक्रमा उपस्थित मुख्य सचिव, सचिवप्रति लक्षित गर्दै उच्च कर्मचारीले भ्रष्टचार गर्न छाडे मुलुकमा आधा भ्रष्टचार कम हुने पनि बताए ।

प्रधानमन्त्री ओलीले सरकारले भ्रष्टचारीमाथि कारबाही गर्ने दाबी पनि गरे । हिजो मात्र कांग्रेस नेता रामचन्द्र पौडेलले देशमा भ्रष्टचार बढेको अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्