राजनीति

आफ्ना समस्या छिटो समाधान गरिदिन प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्रीहरूको आग्रह

हिमालय टिभी
२०७५ मंसिर २३ गते १३:२३
आफ्ना समस्या छिटो समाधान गरिदिन प्रधानमन्त्री ओलीलाई मुख्यमन्त्रीहरूको आग्रह

काठमाडौं, २३ मंसिर । मुख्यमन्त्रीहरूले आफ्ना समस्या छिटो समाधान गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

अन्तर प्रदेश परिषदको बैठकमा बोल्दै गण्डकी प्रदेशका पृथ्वी सुब्बा गुरुङ, प्रदेश एकका मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का लालबाबु राउत र तीन डोरमणि पौडेलले समस्या समाधान गर्न आग्रह गरेका हुन् । मुख्यमन्त्रीहरूले कर्मचारी र कानूनको अभावमा काम गर्न नसकेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन् ।

मुख्यमन्त्रीहरूले कर्मचारी व्यवस्थापन, वित्त आयोग गठन ,ऐनहरू निर्माण, विकास निर्माण सम्बन्धी समस्या समाधान, संविधानमा भएको व्यवस्था अनुसारको काम गर्न दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । बैठकपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले समस्या बढ्दै गएको र आफूले १३ बुँदे समस्या प्रधानमन्त्रीलाई बुझाएको बताए ।

जवाफमा प्रधानमन्त्री ओलीले आफू संघीयता कार्यान्वयनमै लागेको भन्दै मुख्यमन्त्रीहरूलाई आश्वस्त पार्ने कोशिस गरेका छन् । बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आज चारजना मुख्यमन्त्रीले बोलेको र भोलि थप तीन जनाले आफ्ना समस्या राख्ने जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्