समाज

क्षयरोग र एचआईभी एड्स रोग उन्मूलनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन

हिमालय टिभी
२०७५ मंसिर २३ गते १३:२१
क्षयरोग र एचआईभी एड्स रोग उन्मूलनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौं, २३ मंसिर । संसदीय समितिले क्षयरोग र एचआईभी एड्स रोग उन्मूलनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले क्षयरोग र एचआईभी एड्स रोग उन्मूलनका लागि पर्याप्त बजेटको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका हुन् । सार्क टयूबरक्लोशिस तथा एचआईभी एड्स सेन्टरले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एचआईभी एड्स संक्रमितलाई उचित स्याहार हुनेगरी कानुनी प्रबन्ध गर्न पनि सरकारलाई सचेत गराए ।

कार्यक्रममा बोल्दै नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व शिक्षा मन्त्री चित्रालेखा यादवले पनि एचआईभी एड्स रोग उन्मूलन गर्ने लक्ष्य हासिल हुने गरी आवश्यक बजेटको व्यवस्था गर्न सरकारसँग माग गरे । उनले दिगो विकास लक्ष्य हासिल गर्ने संयुक्त राष्ट्र संघको आह्वानलाई पूरा गर्न पनि नेपाल सरकारले क्षयरोग र एचआईभी एड्स उन्मूलन कार्यक्रमका लागि आवश्यक बजेटको व्यवस्था गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

कार्यक्रममा चिकित्सकहरूले एचआईभी एड्स रोग उन्मुलनका लागि सरकारले आवश्यक बजेटको व्यवस्था गर्न नसकेको गुनासो गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्