तातोपानी

Written by admin. Posted in कला - सँस्कृति, विशेष

Published on July 02, 2012 with

धादिङ जिल्ला प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सबै हिसाबले धनी छ। तर, ती सम्पदाहरुको सही सदुपयोग गरेर हामीले फाइदा लिन भने सकेका छैनौं। धादिङ जिल्ला कै सेर्तुङ गाविसमा धार्मिक आस्थाले समेत महत्वपूर्ण रहेको तातोपानी रहेपनि त्यो क्षेत्र ‘नजिकको तीर्थ हेला’ जस्तै भएको छ।

काठमाडौंसंग सिमाना जोडिएको धादिङ जिल्ला प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सबै हिसाबले धनी छ। तर, यो जिल्ला बत्ति मुनिको अध्यांरो बनिरहेको छ। अथाह प्राकृतिक सम्पदाहरु रहेरपनि प्रचारप्रसारकै अभावको कारण यो क्षेत्रको विकास हुन सकिरहेको छैन। धादिङ जिल्लाकै सेर्तुङ गाविसमा पर्ने तातोपानी क्षेत्र धार्मिक हिसाबले महत्वपूर्ण रहेरपनि उचित प्रचारप्रसारका कारण सधैं ओझोलमा परिरहेको छ।

हो, ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) र गणेश हिमाल पर्यटन विकास समितिले नुवाकोट, रसुवा र धादिङ जिल्लाका उत्तरी भेगमा पर्यटन प्रवर्द्धन गर्नको लागि नयां गन्तव्यको खोजी गरिरहंदा यो क्षेत्रलाई पनि विकास गर्ने सोच बनाएको छ। सेर्तुङ गाविसको चालिस गाउंमा पर्ने यो तातोपानीलाई व्यवस्थित बनाउन गाउंलेले तीन वटा धारा समेत बनाएको छ। खोलाको नजिक रहेकोले पानी अत्यन्तै सफा छ भने यहां हरेक वर्ष मेला समेत लाग्ने गरेको छ।

हिन्दुङ, नेवेर, तिप्लिङ, बोराङ, सेर्तुङ, चालिसलगायतका छिमेकी गाउंका स्थानीयवासी तथा त्यही बाटो भएर हिड्ने बटुवा र पर्यटकहरुले पनि तातोपानीमा नुहाएर मज्जा लिने गरेका छन्। तातोपानीमा स्नान गर्‍यो भने छालाका रोग तथा विभिन्न किसिमका घाउ/खटिरा निको हुने जनविश्वास रहेको छ। यति धेरै धार्मिक आस्था र जनविश्वास रहेको यस क्षेत्रलाई प्रचार प्रसार गर्न सक्यो भने एउटा सिमित गाउंको मात्रै होइन, धादिङ जिल्लाकै विकासको लागि ठूलो टेवा पुग्ने थियो।

शिव

facebook comments:

Leave a Comment