सरोजसिंह थापा

हिमालय टेलिभिजनका प्रस्तोता  तथा सम्बाददाता सरोज सिंह थापा दैनिक संवाद श्रृङ्खला समय सन्दर्भका प्रस्तोता हुन् । खबर प्रस्तुतीका साथै परराष्ट्र, रक्षा र संसदीय मामिलाका क्षेत्रमा रिपोर्टिङ गर्छन् । विविध विषयमा फिल्ड रिपोर्टिङमा थापा विशेष रुची राख्दछन् ।

यो महाधिवेशनमा सभापतिमा देउवालाई हराएरै छाडिनेछः नेता रिजाल (भिडियोसहित)

५ भदौ, २०७७ काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशन धेरै कुराले अर्थपूर्ण हुने दाबी गर्नु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग...

एक हप्ताको निषेधाज्ञामा कोही पनि भोकै बस्नु पर्दैनः मेयर शाक्य (भिडियोसहित)

३ भदौं, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले एक हप्ताको निषेधाज्ञामा कोही पनि नागरिक भोकै बस्न नपर्ने दावी गरेको छ । उपत्यकामा कोरोना संक्रमण बढ्दै गएपछि आजराति देखि १० गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । यो निषेधाज्ञामा अतिआवश्यक सेवा बाहेक...

काँग्रेसमा गुटसमेत चलाउन नसक्ने नेताले पार्टी चलाउन सक्दैनन्, अब विदा गर्नुपर्छः नेता गुरुङ

३२ साउन, २०७७ काठमाडौं । काँग्रेस नेता धनराज गुरुङले आगामी १४ औं महाधिवेशनबाट पुरानो पुस्तालाई बिदा गरेर आफुहरु नै नेतृत्वमा आउने बताउनु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै कांग्रेस केन्दीय सदस्य गुरुङले सभापति...

भारतले नेपालको प्रगति देख्न नसक्दा सम्बन्धमा समस्याः डा. भेषबहादुर थापा, परराष्ट्रविद (भिडियोसहित)

२१ साउन, २०७७ काठमाडौं । परराष्ट्रविद डा. भेषबहादुर थापाले नेपाल–भारत सम्बन्धमा अहिलेकोजस्तो संवादहीनतामा कहिले पनि नभएको बताउनु भएको छ । हिमालय टेलिभिजनको विशेष कुराकानीमा सरोजसिंह थापासँग कुरा गर्दै परराष्ट्रविद मुख्य कारण नै नेपालको प्रगति भारतलाई मन नपर्नु रहेको बताउनुभयो...

न्याय प्रणालीमा व्यापारी र राजनीतिज्ञको स्वार्थ हाबी भयोः अधिवक्ता अर्याल (भिडियोसहित)

अधिवक्ता ओमप्रकाश अर्यालले नेपालको न्याय प्रणालीमा व्यापारी र राजनीतिज्ञको गलत स्वार्थका कारण अदालतप्रति नै प्रश्न उठेको बताउनु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै अधिवक्ता अर्यालले पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने अदालतको फैसला...

समय चिनेर योजना बनाए कोरोना संकट अवसर बन्न सक्छः सुरज वैद्य, पूर्व अध्यक्ष, उद्योग वाणिज्य महासंघ (भिडियो)

६ साउन, २०७७, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्यले नेपालले समय पहिचान गर्न सक्ने र योजना बढाएर काम गर्न सके कोरोना संकट नेपालका लागि क्षतिभन्दा अवसर हुने बताउनु भएको छ। हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय...

प्रधानमन्त्रीको अभिव्यक्तिले नेपालको परराष्ट्र नीतिमाथि नै प्रश्न उठायोः डा. महत, सहमहामन्त्री, कांग्रेस (भिडियोसहित)

काठमाडौं । पूर्व परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका सह महामन्त्री डाक्टर प्रकाशशरण महतले प्रधानमन्त्रीका पछिल्ला विवादित अभिव्यक्तिले नेपालको विदेश नीति मै प्रश्न उठाएको बताउनु भएको छ । हिमालय टेलिभिजनसँगको कुराकानीमा उहाँले रामको जन्मभूमि अयोध्या नेपालमा पर्छ भनेर दिएको अभिव्यक्ति गलत...

विपद् न्युनिकरणमा राजनीतिक पार्टी र नेता नै मुख्य समस्याः डा. तुलाधार, विपद् व्यवस्थापनविद (भिडियोसहित)

काठमाडौं । विपद् व्यवस्थापन विज्ञ तथा पूर्व शिक्षा मन्त्री डा. गंगालाल तुलाधरले नेपालमा प्राकृतिक प्रकोप न्यूनिकरणमा मुख्य समस्या नै राजनीतिक पार्टी र नेता भएको बताउनु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोज सिंह थापासँग कुरा गर्दै डा....

काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्ने जोखिम बढ्योः डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्यविद

जनस्वास्थ्यविद्ले काठमाडौं उपत्यका कोरोनाको हटस्पट बन्ने जोखिम बढेको बताएका छन । पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या बढिरहेका बेला विज्ञले काठमाडौंउपत्यका कोरोनाको जोखिममा रहेको बताएका हुन । हिमालय टेलिभिजनसँग कुरा गर्दै जनस्वास्थ्य विद डाक्टर रवीन्द्र पाण्डेले काठमाण्डौमा उपत्यकामा...

के नेकपालाई जोड्ने सूत्र अझै बाँकी छ ? स्थायी कमिटी सदस्य साह भन्छन्–नेताहरुले स्वार्थ त्याग्नुपर्छ

नेकपाका स्थायी कमिटी सदस्य गणेश साहले पार्टीमा देखिएको तिव्र विवादले देश र जनतासामू मुख देखाउनै लाज भएको बताउनु भएको छ। हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोज सिंह थापासँग कुरा गर्दै उहाँले कोरोना संक्रमणका बेला सरकार परिवर्तन र पर्टीमा...

ओलीले देउवासँग मिलेर सरकार बनाउने सम्भावना छः पुरञ्जन आचार्य, राजनीतिक विश्लेषक

१७ असार, २०७७ काठमाडौं । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर कांग्रेससँग मिलेर सरकार बनाउने संभावना रहेको बताउनु भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा बोल्दै आचार्यले महाकाली सन्धी र एमसीसी मुद्दामा ओली...

ठुलो समूहमा नभएकाले सलहले नेपालमा धेरै क्षति गर्दैनः सहदेवप्रसाद हुमागाईं, प्रमुख प्लान्ट क्वारन्टिन तथा विषादी व्यवस्थापन केन्द्र

काठमाडौं । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेवप्रसाद हुमागाईंले नेपालमा सलह प्रवेश गरे पनि क्षति भने खासै नहुने बताउनुभएको छ। हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग कुरा गर्दै उहाँले बारा, पर्सा, सर्लाही हुँदै तराईका विभिन्न...