हुम्ला

हुम्लाको सिटिजन बैैंक सिल, कोरोना सङ्क्रमितलाई जिल्लाबाहिर पठाउने तयारी

२७ पुस २०७७ सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो । शनिबार दुईजना कर्मचारीमा...

हुम्लामा पुनः ११ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि

२२ मंसिर, २०७७ सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । यही मङ्सिर १८ गते सिमकोट विमानस्थलमा कार्यरत एक महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो । उनको सम्पर्कमा आएका अन्य सुरक्षाकर्मीको कन्ट्याक्ट टेसिङका...

हुम्लामा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु, सात जना घाइते

२० मंसिर, २०७७ सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै शुक्रबार राति पौने ११ बजे लु२च २१०२ नम्बरको बलेरो जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक बच्चासहित सात जना घाइते भएका छन् । सिमकोटबाट...

चीनले सीमा बन्द गरेका कारण नेपाली सीमाबाटै मानसरोबर दर्शन गर्न बाध्य (भिडियोसहित)

३० कात्तिक, २०७७, नेपालगञ्ज । हुम्लाको लिमी उपत्यकाको लाप्चा भञ्याङबाट कैलाश मानसरोवर पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ । चीनको पुलाङ्ग काउण्टीमा रहेको कैलाश मानसरोवर हिन्दू धर्मालम्बीको पवित्र तिर्थस्थल हो । कोरोना संक्रमणका कारण देखाउँदै चीनले कैलाश मानसरोवर जाने...

अत्यधिक चिसोले हुम्लामा पानीको धारामा बरफ जम्न थाल्यो

२४ कात्तिक, २०७७ हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सामा चिसोले पानीको धारामा बरफ जम्न थालेको छ । कात्तिक महिनाको दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि हिल्सामा जम्मा गरेर राखेको पानी बरफ हुन थालेको हो । रातिको समयमा अत्यधिक...

हुम्लाको ताँजाकोट गाउँपालिकाका सम्पूर्ण नाका पाँच दिनका लागि बन्द

१२ कात्तिक, २०७७ हुम्ला । हुम्लाको दक्षिण क्षेत्रमा रहेको ताँजाकोट गाउँपालिकाले पाँच दिनका लागि सबै नाका बन्द गरेको छ । गाउँकार्यपालिकाको निर्णयअनुसार कोरोना सङ्क्रमण जोखिम बढेकाले गाउँपालिका प्रवेश गर्ने सबै नाका बन्द गरिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विशाल...

हुम्ला नजिक आफ्नै भूमिमा भवन निर्माण गरेको चीनको दाबी

१ कात्तिक, २०७७ काठमाडौं । चीनले आफूले हुम्ला नजिक बनाएका भवन नेपालको सीमाभन्दा एक किलोमिटरभित्र आफ्नै भूमिमा पर्ने दाबी गरेको छ। चीन सरकारका अधिकारीले ती भवन बुरङ काउन्टीअन्तर्गत नवनिर्मित गाउँमा निर्माण गरिएको दाबी गरेका हुन्। चिनियाँ सरकारी मुखपत्र ग्लोबल...

हुम्लामा चीनले नेपाली सीमा मिचेको कांग्रेसको ठहर, सरकारको धारणा माग (भिडियोसहित)

२८ असोज, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि मिचेको निष्कर्ष निकाल्दै सरकारको धारणा सार्वजनिक गर्न माग गरेको छ । कांग्रेस केन्द्रिय सदस्य जीवनबहादुर शाही नेतृत्वको टोलीले गरेको स्थलगत अध्ययनको प्रतिवेदनले भूमि मिचिएको पुष्टि...

हुम्लामा चीनले सीमा मिचेको विरोधमा राजधानीमा प्रदर्शन, चीनद्वारा अतिक्रमण अस्वीकार

७ असोज, २०७७ काठमाडौं । हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । युवाहरुको...