सभापति

अबको प्रधानमन्त्री कांग्रेस सभापति देउवा हुने पूर्वप्रम डा. भट्टराईको अनुमान

३ माघ २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अबको प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुने अनुमान गरेको बताउनुभएको छ । गृहजिल्ला गोरखामा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टीका संघीय अध्यक्षसमेत रहेका भट्टराईले देउवा प्रधानमन्त्री हुनुपर्ने तर्कसमेत...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

१ माघ २०७७ गोरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज यहाँ आकस्मिक अवतरण गरिएको छ । काठमाडौंबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण पालुङटार नगरपालिका–२ आँपपीपलमा आकस्मिक अवतरण भएको हो । ‘कैलाश एयरको हेलिकप्टर मध्याह्न...

नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोलीद्वारा सभापति देउवासँग भेटवार्ता

१४ पुस २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटेको छ । हिजो र अस्ती प्रधानमन्त्रीसहित नेकपाका नेतासँग छलफलमा व्यस्त रहेको चिनियाँ टोलीले आज...

हामी अदालतलाई तर्साउँदैनौं, उसले गर्ने फैसला मान्य हुन्छः सभापति देउवा

१३ पुस २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटन सम्बन्धी विषय सर्वोच्च अदालतमा पुगेकोले अदालतको फैसला नेपाली कांग्रेसलाई मान्य हुने बताउनुभएको छ । नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले गरेको विरोध सभामा बोल्दै सभापति देउवाले...

देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा पार्टी गम्भीर छः सभापति देउवा

२८ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताउनुभएको छ । उहाँले आज विज्ञप्तिमार्फत पार्टीले मुलुकलाई हरेक चुनौतीका घडीमा निकास र नेतृत्व...

सभापति देउवा र प्रधानमन्त्री ओलीबीच सत्ता साझेदारी भएको छैनः प्रवक्ता शर्मा

८ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबिचको पछिल्लो भेट सत्ता साझेदारीका लागि नभएको दावी गरेको छ । नेकपामा विवाद बढ्दै गएपछि प्रधानमन्त्री ओलीले देउवालाई भेटी नेकपा फुटेपछि मिलेर सरकार चलाउने प्रस्ताव...

कांग्रेस सभापति देउवासँग प्रधानमन्त्री ओलीको गोप्य भेटवार्तामा के के भागभण्डा भए ?

७ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग गोप्य भेटवार्ता गर्नुभएको छ । आफ्नो पार्टीभित्र संकट गहिरिँदै जाँदा ओलीले शनिबार तीन घण्टा देउवासँग गम्भीर...

सभापति देउवाद्वारा विभाग गठनका विषयमा छलफल गर्न अस्वीकार

१७ कात्तिक, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन गरिसकेकोले अब यसमा छलफल गर्न अस्वीकार गर्नुभएको छ । विभाग गठनबाहेक अन्य विषयमा छलफल गरेर जान आफू तयार रहेको पनि उहाँले प्रष्ट पार्नुभएको छ ।...

कांग्रेस सभापति देउवाले बोलाए सोमबार शीर्ष नेताहरुको बैठक

१४ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबारका लागि शीर्ष नेताको बैठक बोलाउनुभएको छ । २१ गतेका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठकअघि पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न लागिएको सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जानकारी दिनुभयो ।...

सभापति देउवाद्वारा घर-डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

१० कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गर्नुभएको छ । उहाँले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभ–कामना...