विद्यालय

काठमाडौं उपत्यकाका अधिकांश विद्यालय आजदेखि सञ्चालनमा

४ माघ २०७७ काठमाडौं । काठमाडौं उपत्यकाका अधिकांश विद्यालय आजदेखि सञ्चालनमा आउन लागेका छन् । कोरोना संक्रमण जोखिमका कारण बन्द उपत्यकाका विद्यालय स्वास्थ्य सुरक्षाको मापदण्डसहित १० महिनापछि खुल्न लागेका हुन् । स्थानीय तहले विद्यालय सञ्चालनको अनुमति दिएपछि आजदेखि उपत्यकाका...

मध्यपुरथिमिमा आइतबारदेखि विद्यालय सञ्चालन हुने

२ माघ २०७७ भादगाउँ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेका मध्यपुरथिमि नगरभित्रका विद्यालय आइतबारदेखि सञ्चालन हुने भएका छन् । मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय...

माघ १ गतेदेखि विद्यालय खोल्ने काठमाडौं महानगरपालिकाको तयारी

२४ पुस २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले माघ १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । चालु शैक्षिक सत्र सकिन तीन महिना मात्र बाँकी रहेका बेला महानगरले स्वास्थ्य मापदण्ड लागू गरेर विद्यालय खोल्ने तयारी गरेको हो । शिक्षा मन्त्रालयको...

कोभिडका कारण बन्द भएका विद्यालयसहित सबै क्षेत्र खोल्ने निर्णय

१९ पुस २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथामका लागि भन्दै बन्द गरिएका विद्यालयहरु अब खुल्ने भएका छन् । आज बसेको कोभिड रोकथाम सम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी निर्देशक समिति)को बैठकले आवश्यक परेमा विद्यालय, चलचित्र घर, जिमखानालगायतलाई...

डोटीका सबै विद्यालयमा पठनपाठन शुरु, विद्यार्थी खुशी

९ पुस २०७७ डोटी । डोटीका नौवटै स्थानीय तहमा रहेको सम्पूर्ण सरकारी तथा निजी विद्यालयमा नियमितरूपमा पठनपाठन शुरु भएको छ । कोभिड–१९ का कारण विगत आठ महिनादेखि बन्द भएका विद्यालयमा पठनपाठन शुरु भएसँगै स्कूल जान पाएकोमा यहाँका विद्यार्थीमा पनि...

पाल्पाका १० वटै पालिकामा स्वास्थ्य मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन (भिडियोसहित)

२७ मंसिर, २०७७ पाल्पा । कोरोना जोखिमकै बिच पाल्पाका सबै सरकारी तथा निजी विद्यालयमा पठन पाठन शुरु भएको छ । यस बर्षको शैक्षिक सत्रको समय ४ महिना बाँकी रहँदा पाल्पाका १० वटै पालिकाका विद्यालयमा भौतिक रुपमै पठनपाठन शुरु भएको...

सरकारी विद्यालयः विद्यार्थी आउँछन् खेल्छन्, शिक्षक घाम ताप्छन् र फर्कन्छन् (भिडियोसहित)

२३ मंसिर, २०७७ जनकपुरधाम । नेपाल सरकारले सामुदायिक विद्यालय खोल्ने आधिकारिक निर्णय गरिसकेको छैन । तर पनि कोरोना संक्रमणको जोखिम कम भएका र विद्यार्थी थोरै भएका विद्यालय स्वास्थ्य मापदण्ड पालना गर्दै खुलेका छन् । जनकपुरधाममा पनि एउटा प्राथमिक विद्यालय...

मिलेमतोमा विद्यालयको जग्गा विक्री,स्थानीय विरोधमा उत्रिए (भिडियोसहित)

२० मंसिर, २०७७ बुटवल । सार्वजनिक जग्गा संरक्षण गर्ने मुख्य दायित्व स्थानीय सरकार तथा जनप्रतिनिधिको हो । तर बुटवल उपमहानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष सन्तबहादुर रानाको अगुवाइमा स्कुलको जग्गा नै बेचिएको स्थानीय बासिन्दाको आरोप छ । यो...

स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय खोल्ने तयारीमा

१६ मंसिर, २०७७ काठमाडौं । कोरोनाले शिक्षण संस्था बन्द हुँदा शैक्षिक कार्यतालिका नै प्रभावित भएपछि सङ्घीय सरकारले स्थानीय तहलाई विद्यालय चलाउन अनुमति दिएसँगै काठमाडौँका अधिकांश स्थानीय तह विद्यालयमा पठनपाठन शुरु गर्ने तयारीमा जुटेका छन् । स्वास्थ्य मापदण्ड अपनाएर शिक्षण...

बदलियो विद्यालयमा दिइने सजायको स्वरूप

१४ मंसिर, २०७७ टीकापुर । विद्यार्थीलाई पिटेरै पढाइमा अब्बल बनाउन सकिन्छ भन्ने मानसिकता बिस्तारै बदलिँदै गएको छ । विद्यालयलाई भयरहित बनाउन शिक्षक दण्डसजाय बिनाको पढाइ हुनुपर्ने बताउँछन् । पहिले विद्यार्थीलाई लौरोले हिर्काउने, मुर्गा (कुखुरा) बनाउने जस्ता सजाय सामान्य मानिए...